सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्याे



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा बुधबार १ हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएकाेमा बुधबार ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय २५ रुपैयाँ कायम भएकोमा बुधबार १५ रुपैयाँले घटेर ११ सय १० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु