नयाँ स्टक एक्सचेञ्ज ल्याउन बोर्डले गर्यो नियमावली संशोधन, ३ अर्ब पुँजी



काठमाडौं । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जलाई लाईसेन्स दिन आफ्नो नियमावली संशोधन गरेको छ । उक्त संशोधित नियमावली अर्थमन्त्रालय पठाइएको छ ।

बोर्डको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले धितोपत्र बजार सञ्चालन नियमावली-२०६४ लाई संशोधन गर्दै अर्थ मन्त्रालय पठाएको हो । मन्त्रालयले उक्त नियमावली स्वीकृत गरेपछि बोर्डले नयाँ स्टकलाई लाईसेन्स दिन आवश्यक प्रकृया सुरु गर्ने बताइएको छ ।

बोर्डले उक्त नियमावली संशोधन गर्दै नयाँ स्टकको पुँजी ३ अर्ब रुपैयाँ हुनेपर्ने व्यवस्था गरेको छ । यसअघि ५ करोड भए पुग्ने व्यवस्था रहेको थियो । संशोधित नियमावलीमा निजी क्षेत्रले पनि नयाँ स्टक खोल्न पाउने व्यवस्था गरिएको छ ।

नयाँ स्टक ल्याउने विषयमा लामो समयदेखि चर्चा रहेको भएपनि अब भने कार्यान्वयमा आउने देखिएको छ ।


क्लिकमान्डु