सेयर बजार स्थिर, करिब ७० करोडको कारोबार



काठमाडौं । सेयर बजार स्थिर बन्दा कारोबार रकम भने निकै घटेको छ । शुक्रबार २ घन्टाका लागि भएको कारोबारमा बजार १.६७ अंकले घटेको छ । बजार १.६७ अंकले घटुदा परिसूचक १९७०.६२ बिन्दुमा रोकिएको छ ।

२१९ कम्पनीको १८ लाख १ हजार २७३ कित्ता सेयर ६९ करोड ८८ लाख ५ हजार ९५० रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा गिरावट देखिएको छ । बैंकिङ समूहको १.७६, विकास बैंक ९.६४, वित्त कम्पनी ५.१०, जीवन बीमा ५.६८, उत्पादन तथा प्रशोधन २२.९३, निर्जीबन बीमा समूहको उपसूचक ३१.०१ अंकले घटेको छ ।

बजारमा गिरावट आउँदा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । रु रु जलविद्युत परियोजना, सामुदायिक लघुवित्त वित्तीय संस्था, मानुसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–१, बुद्धभुमी नेपाल हाईड्रोपावर, सप्तकोशी विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा पहिलो स्थानमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ । कम्पनीको १० करोड ४ लाख ९८ हजार ८४८ रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु