निलम्बित प्रधानन्यायाधीश जबराको दोस्रो दिनको बयान शुरु



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बयानका लागि दोस्रो दिन सिंहदरबार पुगेका छन् । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले बिहीबार बयान लिन शुरु गरेको छ ।

पहिलो दिन (बुधबार) बयान नसकिएपछि जबरालाई आज ११ बजेका लागि बोलाइएको थियो ।

पहिलो दिन जबरामाथि केही प्रश्न राखिएको थियो । प्रश्नको संख्या धेरै भएकाले उनीसँगको बयान केही दिन लम्बिने सम्भावना रहेको समितिका सदस्यहरुले बताएका छन् ।

शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउने गरी जारी गरिएको परमादेशकै कारण महाअभियोग लगाइएको भए त्यसमा आफ्नो कमजोरी देखाउन उनले चुनौती दिएका थिए । र, कारबाही हुने भए इजलासमा रहेका अन्य न्यायाधीशमाथि पनि हुनु पर्ने उनको तर्क थियो ।

गत फागुन १ मा सत्तारूढ दलका ९८ सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।


क्लिकमान्डु