एकवर्षमा २८% ले घट्यो सेयर धितो कर्जा, १२ करोडको सीमा हटाउने तयारी
काठमाडौं । एकवर्षमा सेयर धितो कर्जा २८.७० प्रतिशतले घटेको छ । बैंकहरुले सेयर धितो राखेर ६४ अर्ब ८१ करोड ९० लाख रुपैयाँ कर्जा दिएका छन् ।
अघिल्लो असार मसान्तमा यस्तो कर्जा ९० अर्ब ९२ कोड १० लाख रुपैयाँ थियो । अघिल्लो असार मसान्तको तुलनामा गत असार मसान्तमा सेयर धितो राखेर वाणिज्य बैंकले दिने कर्जा २८.७० प्रतिशतले घटेको छ ।
नेपाल राष्ट्र बैंककाअनुसार सेयर धितो राखेर सबैभन्दा बढी कर्जा नबिल बैंकले दिएको छ । असार मसान्तसम्म बैंकले ७ अर्ब ६१ करोड ७२ लाख रुपैयाँ कर्जा दिएको छ ।
सबैभन्दा कम कर्जा दिनेमा नेपाल एसबीआई बैंक रहेको छ । एसबीआई बैंकले ३ करोड २७ लाख रुपैयाँ मात्रै कर्जा दिएको छ । स्टाण्डर्ड चार्टर्ड बैंकले भने यस्तो कर्जा दिएको छैन ।
नबिलपछि सेयर धितोमा धेरै कर्जा दिने ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ४ अर्ब ९९ करोड ९४ लाख रुपैयाँ कर्जा दिएको छ ।
सेयर धितो राखेर राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ६२ करोड ३२ लाख रुपैयाँ कर्जा दिएको छ ।
यस्तै नेपाल बैंकले ४ अर्ब ६० करोड ५५ लाख रुपैयाँ, सिद्धार्थ बैंक ४ अर्ब ५ करोड ५६ लाख,सिटिजन्स ४ अर्ब ७ करोड ४६ लाख रुपैयाँ कर्जा दिएका छन् ।
प्राइम बैंकले असार मसान्तसम्म ३ अर्ब ४६ करोड ६९ लाख रुपैयाँ कर्जा दिएको छ ।
यस्तै कुमारी बैंकले २ अर्ब ६० करोड, लक्ष्मी बैंकले २ अर्ब १० करोड ९० लाख,सनराइज बैंकले २ अर्ब २५ करोड ५० लाख, प्रभु बैंकले २ अर्ब ६ करोड २० लाख,मेगा बैंकले २ अर्ब ८९ करोड ४२ लाख, सिभिल बैंकले २ अर्ब ३३ करोड,सेञ्चुरी बैंकले २ अर्ब ४४ करोड ९४ लाख रुपैयाँ कर्जा दिएका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ६८ करोड ३५ लाख, हिमालयन बैंकले १ अर्ब २९ करोड ५८ लाख, बैंक अफ काठमाण्डूले १ अर्ब ९७ करोड ५४ लाख, एनसीसी बैंकले १ अर्ब ६० करोड १६ लाख, एनआईसी एशिया बैंकले १ अर्ब ९१ करोड ९२ लाख, माछापुच्छ्रे बैंकले १ अर्ब ४ करोड ९२ लाख, कृषि विकास बैंकले १ अर्ब १७ करोड २४ लाख, एनएमबी बैंकले १ अर्ब ४५ करोड, सनिमा बैंकले १ अर्ब ७५ करोड ७७ लाख र एभरेष्ट बैंकले ७३ करोड ६८ लाख रुपैयाँ सेयर धितोमा कर्जा
दिएका छन् ।
बजार घटेको तथा सेयर बजारमा राष्ट्र बैंकले ४/१२ को नीति ल्याएसँगै सेयर धितोमा जाने ऋण घटेको हो ।
गतवर्षको मौद्रिक नीतिमा एउटा व्यक्तिले एउटा बैंकबाट ४ करोड र बैंक तथा वित्तीय संस्थाबाट १२ करोडभन्दा ऋण लिन नपाउने व्यवस्था थियो ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको नीतिबाट भने ४ हटाएर १२ लाई निरन्तरता दिएको थियो । १२ करोडभन्दा बढी ऋण सेयर धितो राखेर लिन नसकिने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । २५ लाखभन्दा बढीको सेयर धितो कर्जामा १५० प्रतिशत जोखिम भार राष्ट्र बैंकले लगाएको छ ।
बैंकहरुलाई २५ लाखभन्दा बढीको ऋण दिनको लागि पुँजीमा दवाव दिने नीति लिएको छ । जसले सेयर धितो राखेर दिइने कर्जा घटेको हो ।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमा एकजना लगानीकर्ताले अधिकतम १२ करोड रुपैयाँ र एउटा बैंकबाट अधिकतम ४ करोड रुपैयाँ सेयर धितोमा कर्जा लिने पाउने व्यवस्था गरेसँगै ५० लाख भन्दा माथीको कर्जा घटेको थियो ।
अहिले राष्ट्र बैंकले ४ करोडको सिमा हटाएर १२ करोड कायम राखेको छ । १२ करोड पनि हटाउने तयारीमा रहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठले जानकारी दिए ।
Bank | Margin Nature Loan (Rs.Milloin) |
Nepal bank | 4,605.59 |
Rastriya Banijya Bank | 4,623.24 |
Nabil | 7,617.21 |
Nepal Investment Bank Ltd. | 1,683.51 |
Standard Chartered Bank | – |
Himalayan | 1,295.84 |
Nepal sbi | 32.72 |
Everest | 736.88 |
Bank of kathmandu | 1,975.43 |
Ncc | 1,601.61 |
Nic | 1,919.24 |
Machhapuchchhre | 1,049.22 |
Kumari | 2,600.74 |
Laxmi | 2,109.04 |
Siddhartha Bank | 4,055.61 |
Agricultural Development Bank | 1,172.43 |
Global ime | 4,999.44 |
citizen | 4,074.66 |
Prime | 3,466.91 |
Sunrise | 2,255.08 |
NMB | 1,450.93 |
Prabhu | 2,062.00 |
Mega | 2,894.29 |
Civil | 2,330.27 |
Century | 2,449.41 |
Sanima | 1,757.70 |
Total | 64,819.00 |