श्रृजनशील लघुवित्तले बुधबारदेखि आईपीओ निष्कासन गर्ने, कति दिने आवेदन ?



काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भोली बुधबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँका दरले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । जसमा १९ हजार ६९० कित्ता सामुहिक लगानी कोष र ५ हजार ४७० कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

आईपीओमा १९ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

आईपीओमा सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।


क्लिकमान्डु