कुमारी बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, ११% ब्याज पाइने



काठमाडौं । कुमारी बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ ।

जसमा १८ लाख कित्ता बैंकले विभिन्न कम्पनीलाई बिक्री गर्ने छ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । जसमा सामूहिक लगानी कोषलाई ६० हजार कित्ता छुट्याईएको छ ।

१० वर्ष अवधिको ‘११% केबिएल डिबेन्चर २०८९’ मा वार्षिक ११ प्रतिशत ब्याज पाइनेछ । ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १२ लाखकित्ता सम्म आवेदन दिन सकिने छ । ऋणपत्रमा भदौ १७ देखि २१ गतेसम्म आवेदन दिन सकिने छ ।

उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । ऋणपत्रमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु