काठमाडौं जिल्ला अदालतलाई महानगरको पत्र : नक्सा पासको विवरण उपलब्ध गराउनू



काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्ला अदालतलाई नक्सा पास भएको विवरण पठाउन पत्र लेखेको छ । अदालतको भवनको नक्सा पास नभेटिएको भन्दै महानगरले प्रमाण पठाउन भन्दै पत्र लेखेको हो ।

महानगरपालिकाले अदालतको भवनको नक्सा पास नभेटिएको जनाउँदै प्रमाण पठाउन निर्देशन दिएको हो ।

बुधबार काठमाडौंमा अनधिकृत संरचनामाथि डोजर चलाउन सक्रिय बनेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कानुन सबैलाई लाग्ने भएकाले काठमाडौं जिल्ला अदालतलाई समय दिइएको बताए ।

नक्सा पास नभएको पाइए कानुनी रुपमा अगाडि बढ्ने उनले बताए ।


क्लिकमान्डु