चन्द्रागिरि केबलकारले तिर्यो ६ करोड राजस्व




काठमाडौं । चन्द्रागिरि हिल्सले सरकारलाई ६ करोड रुपैयाँ राजस्व तिरेको छ । वितग ११ महिनादेखि काठमाडौंको चन्द्रागिरिमा संचालित चन्द्रागिरि केबलकारले सरकारलाई ६ करोड राजस्व तिरेको हो ।

चन्दागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले चन्द्रागिरि हिल्सले राजस्व स्वरुप सरकारलाई ६ करोड रुपैयाँ तिरेको जानकारी दिए ।

‘११ महिनाको अवधिमा ५ लाख ५० हजार यात्रुले केबलकार चढेका छन्, सरकारलाई ६ करोड रुपैयाँ राजस्व बुझाइएको छ,’ अध्यक्ष ढकालले भने ।

कम्पनीका संचालक मिन बहादुर गुरुङ्गले चन्द्रागिरि हिल्सले पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

अर्का संचालक हेमराज ढकालले कुल ग्राहस्थ उत्पादनमा करिव ३ प्रतिशत मात्र योगदान पु¥याउँदै आएको पर्यटन क्षेत्रको योगदान बढाउन केबलकार सहित निर्माण भएको चन्द्रागिरि हिल्स जस्ता परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

साथै, चन्द्रागिरि केबलकारको विज्ञापन टेलिभिजनमा आउने भएको छ । कम्पनीले बुधबार एक कार्यक्रमकाबीच टेलिभिजन विज्ञापन सार्वजनिक गरेको छ । विज्ञापनमा मदनकृष्ण श्रेष्ठ ,हरिवंश आचार्य, दीपकराज गिरी र दीपाश्री निरौलाको अभिनय देख्न सकिन्छ ।


पुष्प दुलाल