३ दिनमा २६ सय रुपैयाँले बढेको युनिलिभरको सेयर मूल्य बिहीबार १६९५ रुपैयाँले घट्यो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा बिहीबार १ अर्ब ७६ करोडको कारोबार हुँदा नेप्से परिसूचक १८.९६ बिन्दुले ओरालो लागेको छ । १८.९६ बिन्दुले घटेर नेप्से परिसूचक २०३७ बिन्दुमा आएको छ ।

बिहीबार २३३ वटा कम्पनीको सेयर किनबेच भएको छ । अपरहेवा खोला तथा हिमालयन हाइड्रोपावरको सेयर मूल्य सर्किट लागेर बढेको छ । लगातार ३ दिनसम्म सेयर मूल्य उच्च रुपमा बढेको युनिलिभर ८.२२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

युनिलिभरको सेयर मूल्य बिहीबार प्रतिकित्ता १६९५ रुपैयाँले घटेको छ । बिहीबारको कारोबारको आधारमा युनिलिभरको सेयर मूल्य १८ हजार ९०५ रुपैयाँमा आएको छ ।

पछिल्ला ३ दिन युनिलिभरको सेयर मूल्य २६ रुपैयाँले बढेको थियो । युनिलिभरले गतवर्ष ७४ प्रतिशत नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।


क्लिकमान्डु