सेयर बजारमा दोहोरो अंकको सुधार, खस्कियो कारोबार रकम



काठमाडौं । साताको पहिलो दिन आइतबारको कारोबारमा सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ ।

बजारमा दोहोरो अंकको सुधार आउँदा कारोबार रकम भने घटेको छ । बजार मापन गर्ने सूचक १०.२७ अंकले बढेर २१२३.८२ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.११ अंकले बढेर ४०९.५६ बिन्दुमा रोकिएको छ । यो दिन २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता सेयर २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । यो दिनको कारोबारमा जीवन बीमा समूहको उपसूचकमा ४.५५ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचकमा सुधार देखिएको छ ।

कारोबारमा बैंकिङ समूहको ०.२२, विकास बैंक ५२.४४, वित्त कम्पनी ३३.५०, जलविद्युत समूहको २६.२२, माइक्रोफाइनान्स २७.८८, अन्य समूहको उपसूचक २२.५७ अंकले बढेको छ । कारोबारमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र तेह्रथुम पावर कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा शिवमु सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको १३ करोड ८९ लाख ८२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र फर्वाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था रहेको छ ।


क्लिकमान्डु