जीवन विकास लघुवित्तको नाफा १३.४०% ले बढ्यो, अन्य सूचकमा कस्तो छ सुधार ?



C

काठमाडौं । जीवन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ७८ करोड १९ लाख ३७ हजार रूपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४० प्रतिशतले धेरै हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६८ करोड ९५ लाख ५८ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२.५० प्रतिशतले बढेर १ अर्ब ५९ करोड ३८ लाख ३८ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आवको यसै अवधिमा लघुवित्तले १ करोड ४१ लाख ६७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तको कुल सञ्चालन आम्दानी ८.३५ प्रतिशत बढेको छ । गत आवमा कम्पनीको कुल सञ्चालन आम्दानी १ अर्ब ९७ करोड ४३ लाख ७६ हजार रूपैयाँ थियो ।

कम्पनीको सञ्चालन मुनाफा ११२.९६ प्रतिशतले बढेको छ । गत आवमा लघुवित्तको सञ्चालन मुनाफा ८१ करोड ७२ लाख रूपैयाँ थियो । अघिल्लो आवको यसै अवधिमा संस्थाको सञ्चालन मुनाफा ३८ करोड ३७ लाख रूपैयाँ मात्रै थियो ।

लघुवित्तको प्रतिसेयर आम्दानी ७५.६० रूपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तको सापटी १.५८ प्रतिशत, निक्षेप १८ प्रतिशत र कर्जा १६.२४ प्रतिशतले बढेको छ ।

१ अर्ब ३ करोड ४२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ५४ करोड २० लाख ४५ हजार रूपैयाँ सञ्चित छ ।


क्लिकमान्डु