सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएकोमा बिहीबार ८ सय रुपैयाँले बढेर ९६ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदी मूल्य प्रतितोला १२ सय १० रुपैयाँ कायम भएकोमा बिहीबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु