श्री एयरलाइन्सको इञ्जिनबाट धुँवा निस्किएपछि आपतकालीन अवतरण



काठमाडौं । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमानको इञ्जिनबाट धुँवा निस्किएको छ ।

उडान भरेको केही समयमै विमानको लेफ्ट इञ्जिनबाट धुँवा निस्किएपछि विमान नेपालगञ्ज विमानस्थलमा फर्किएको छ । विमानलाई नेपालगञ्जमा पूर्ण आपतकालीन अवतरण गराइएको छ ।

श्री एयरलाइन्सको ९एन–एएनएफ क्यू–४०० विमान १० माइल दूरी पार गरिसकेको थियो ।

उडान नम्बर ४३२ भएको विमानमा चालक दलका सदस्यसहित ८४ जना सवार थिए । विमान नेपालगञ्जबाट ९ः४९ बजे उडान भरेको थियो । विमानमा क्याप्टेन रितेश कर्ण थिए ।

श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरका अनुसार अहिले काठमाडौंबाट इञ्जिनियरहरु नेपालगञ्ज पठाउन लागिएको छ ।


क्लिकमान्डु