ऋणपत्रलाई कर्जा निक्षेप अनुपातमा देखाउने व्यवस्थामा कडाइ, प्राइम बैंकलाई असर बढी



काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणपत्र रकमलाई शर्त सहित कर्जा निक्षेप अनुपातमा गणना गर्न दिने व्यवस्था लागू गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा ऋणपत्र रकमलाई २०८० साल असार मसान्तसम्म निक्षेपको स्रोतमा गणना गर्न दिने व्यवस्था गरेको थियो ।

एकीकृत निर्देशिकामा २०७८ साल भदौ ८ अगाडि निष्कासन भएको ऋणपत्रमात्र कर्जा निक्षेप अनुपात र पुँजीकोष अनुपात गरेर दुवैतर्फ गणना गर्न दिने व्यवस्था गरेको हो । गतवर्षको भदौ ८ देखि अहिलेसम्म ३८ अर्ब ८० करोड रुपैयाँको ऋणपत्र निष्कासन भएको छ । १० अर्बको ऋणपत्र अहिले निष्कासनको पाइपलाइनमा छ ।

राष्ट्र बैंकको निदेशिकाको प्रभाव सबैभन्दा बढी प्राइम बैंकलाई हुने देखिएको छ । प्राइम बैंकले कर्जा निक्षेप अनुपात ९९ प्रतिशतसम्म पुर्याएको थियो । कर्जा निक्षेप अनुपात ९० प्रतिशत हुनुपर्ने व्यवस्था छ ।

यसको लागि प्राइम बैंकले साढे ७ अर्बको ऋणपत्र निष्कासन गरेको थियो । यस्तै एभरेष्ट,एसबीआई,सिभिल, सानिमा,एनएमबि, सिद्धार्थ, एनएमबि, सेञ्चुरी र बैंक अफ काठमाण्डू, निष्कासन गरेको ऋणपत्र पुँजीकोष वा कर्जा निक्षेप अनुपात एउटामा मात्र गणना गर्न पाउनेछन् ।


क्लिकमान्डु