२० लघुवित्तको नाफा ४ अर्ब बढी: छिमेकको मात्रै १ अर्ब, कुनले कति कमाए ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५१ वटा लघुवित्त वित्तीय संस्थाहरू सूचिकृत छन् । आर्थिक वर्ष सकिएसँगै लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् ।
सूचिकृत ५१ मध्ये २० वटाले गत आवको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
यी कम्पनीहरूले गत आवमा ४ अर्ब ९ करोड ३२ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा यी लघुवित्त कम्पनीहरूले ३ अर्ब ८२ करोड ९१ लाख ९७ हजार रूैयाँ खुद नाफा कमाएका थिए । समीक्षा अवधिमा यी कम्पनीहरूको नाफा औषतमा ६.९० प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा यस लघुवित्तले १ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २० वटामध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा छिमेक लघुवित्त वित्तीय संस्था परेको छ । छिमेकले गत आर्थिक वर्षमा १ अर्ब ३ करोड २२ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनामा छिमेकको नाफा २१.४३ प्रतिशतले कम हो ।
वित्तीय विवरण सार्वजनिक गर्ने २० लघुवित्त कम्पनीमध्ये ८ वटाको नाफा घटेको छ । गणपति माइक्रोफाइनान्स, साधना, समता घरेलु, छिमेक, जाल्पा, नाडेप, सूर्योदय र धौलागिरि लघुवित्तको नाफा खुम्चिएको हो ।
समीक्षा अवधिमा गणपति माइक्रोफाइनान्सको नाफा ५४.७५ प्रतिशत, साधना लघुवित्तको नाफा ०.८३ प्रतिशत, समता घरेलु लघुवित्तको २६.४३ प्रतिशत, जाल्पा सामुदायिक लघुवित्तको नाफा ४.६७ प्रतिशत, नाडेप लघुवित्तको नाफा २८.९६ प्रतिशत र धौलागिरि लघुवित्तको नाफा २५.६९ प्रतिशतले घटेको छ ।
यस्तै, कालिका लघुवित्तको नाफा सबैभन्दा धेरै प्रतिशतले नाफा बढेको छ । समीक्षा अवधिमा यस लघुवित्तको नाफा १३२.७२ प्रतिशतले बढेको हो गत आवमा कालिकाले १२ करोड ८४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको यसै अवधिमा यसले ५ करोड ५२ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कालिकासँगै आरएमडिसी लघुवित्तको नाफा पनि शतप्रतिशतले बढकेो छ । गत आवका आरएमडिसीले ३५ करोड ४९ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको यसै अवधिमा संस्थाले १७ करोड ७९ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
फर्स्ट माइक्रोफाइनान्सको नाफा ८७.८२ प्रतिशतले बढेर २६ करोड ९९ लाख ८३ हजार रुपैयाँ पुगेको थियो । अघिल्लो आवको यसै अवधिमा संस्थाको नाफा १४ करोड ३१ लाख ६२ हजार रुपैयाँ मात्रै थियो ।
महिला लघुवित्तको नाफा ६१.४३ प्रतिशत, सीवाईसी लघुवित्तको नाफा ५५.०८ प्रतिशत, आरएसडिसि लघुवित्तको नाफा ४८.४५ प्रतिशत, एनआइसी एशिया लघुवित्तको नाफा २४.४९ प्रतिशतले बढेको छ ।
यस्तै, समीक्षा अवधिमा सिभिल लघुवित्तको नाफा १३.४९ प्रतिशत, महुलि लघुवित्तको नाफा १०.७१ र ग्लोबल आईएमई लघुवित्तको नाफा १०.०५ प्रतिशतले बढेको छ ।
मिर्मिरे लघुवित्त र आशा लघुवित्तको नाफा भने १० प्रतिशतभन्दा थोरैले बढेको छ ।
मिर्मिरे लघुवित्तले १०.०५ प्रतिशतले बढेर २० करोड ८१ लाख ९० हजार रुपैयाँ र आशा लघुवित्तको नाफा ०.४४ प्रतिशतले बढेर १२ करोड ३५ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।
Company | Net Profit(000) | Change% | ||
S.N | 2078/79 | 2077/78 | ||
1 | NIC Asia Laghubitta | 585635 | 470409 | 24.49 |
2 | First Microfinance Laghubitta | 268883 | 143162 | 87.82 |
3 | Ganapati Microfinance | 18616 | 41138 | -54.75 |
4 | Asha Laghubitta Bittiya sanstha | 123579 | 123035 | 0.44 |
5 | CYC Laghubitta | 80330 | 51800 | 55.08 |
6 | Sadhan Laghubitta | 116125 | 117095 | -0.83 |
7 | Samata gharelu laghubitta | 79727 | 108361 | -26.43 |
8 | Chhimeka Laghubiita | 1032283 | 1313855 | -21.43 |
9 | Mahila laghubitta | 150099 | 92983 | 61.43 |
10 | Global Ime Laghubitta | 250522 | 227654 | 10.05 |
11 | Mirmire Laghubitta | 208190 | 192755 | 8.01 |
12 | Jalpa samudayik Laghubitta | 98657 | 103485 | -4.67 |
13 | Civil Laghubitta | 73633 | 64939 | 13.39 |
14 | Nadep laghubitta | 114096 | 160618 | -28.96 |
15 | RMDC Laghubitta | 354908 | 177918 | 99.48 |
16 | Suryodaya womi Laghubitta | 139637 | 160539 | -13.02 |
17 | Kalikaa Laghubitta | 128496 | 55216 | 132.72 |
18 | Dhaulagiri Laghubitta | 26074 | 35086 | -25.69 |
19 | Mahuli Laghubitta | 108582 | 98074 | 10.71 |
20 | RSDC Laghubitta | 135202 | 91075 | 48.45 |
Total | 4093273.66 | 3829197.08 | 6.90 |