आइएमई पे एपको टप-अपमा नयाँ क्यासब्याक अफर



काठमाडौं । आइएमई पे ले मोबाईल रिचार्जमा नयाँ अफर अध्यावधिक गरेको छ ।

आइएमई पे एपले दैनिक उपभोग्य सेवाहरूको भुक्तानीको साथै अन्य सम्पूर्ण किसिमको भुक्तानी तथा पैसाको लेनदेन सरल बनाउँदै आएको छ । यसै सेवामा थप प्रवर्दन गर्ने उद्देश्यका साथ आइएमई पेले मोबाईल रिचार्जमा थप २ प्रतिशत क्यासब्याकको अफर ल्याएको छ ।

आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाईल नम्बरमा टप–अप गर्दा ५ प्रतिशत क्यासब्याक पाउने सुविधा थियो । यस अफरको साथ अब सेवाग्राहीहरुले आइएमई पे एपबाट कुनै पनि मोबाईल नम्बरमा टप–अप गर्दा २ प्रतिशत क्यासब्याक पाउनेछन् ।

क्यासब्याक अफरलाई अझ रमणिय बनाउन कम्पनीले एक जना भाग्यशाली बिजेतालाई यस अभियानको पहिलो महिनामा ‘वान प्लस टेन प्रो’ स्मार्टफोन पनि उपलब्ध गराउने बताएका छन् । सोको निम्ती सेवाग्राहीले महिना भरी कम्तीमा ५० को १० टप–अप गर्नु पर्ने नियम तथा सर्त कम्पनीले प्रस्टाएका छन् ।


क्लिकमान्डु