प्रभु क्यापिटलले ल्यायो ‘प्रभु क्यापिटल क्यासटिभल’ अफर, १ लाख सम्म जित्न सकिने



काठमाडौं । प्रभु क्यापिटलले ‘प्रभु क्यापिटल क्यासटिभल’ अफर ल्याएको छ ।

आफ्नो हितग्राही सदस्यका लागि साउन महिना देखि शुरु भएको चाडपर्वलाई लक्षित गर्दै ‘प्रभु क्यापिटल क्यासटिभल’ अफर ल्याएको जनाएको छ । यो योजना साउनदेखि कात्तिकको छठ पर्वसम्म सञ्चालन हुनेछ ।

यो योजना अन्तर्गत प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्ने हितग्राहीले १ लाख रुपैयाँसम्म जित्नसक्ने कम्पनीले जनाएको छ ।

योजनामा सहभागी हुन ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटलको एप डाउनलोड गर्नुपर्नेछ । यो रजिष्टर गरी आफ्नो डिम्याट खाता लिंक÷कनेक्ट गर्नुपर्नेछ ।

अफरमा मासिक रुपमा ३ जना विजेताले ५ हजार, ३ हजार र २ हजार जित्न सक्नेछन् । यो योजनामा सम्पूर्ण सहभागीहरु मध्ये एक जना विजताले १ लाख जित्न सक्नेछन् ।


क्लिकमान्डु