छानविन समिति समक्ष पूर्वअर्थमन्त्री शर्माले भने- मेरो विश्वास नभए सुरक्षाकर्मीलाई सोध्नुहोस्



काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता अस्वीकार गरेका छन् ।

शर्माविरुद्ध गठित संसदीय छानबिन विशेष समितिमा बिहीबार जवाफ दिँदै उनले भने, ‘बजेट निर्माणमा करका दर हेरफेरमा कुनै अनधिकृत व्यक्तिको संलग्नता छैन, मेरो विश्वास छैन भने सुरक्षाकर्मी र मर्यदापालकलाई सोध्नुहोस् ।’

शर्माविरुद्ध करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेको छ । जसका लागि हाल छानबिन समिति गठन भएको छ । शर्माले समिति गठन गर्ने निर्णय भएसँगै राजीनामा दिएका छन् ।

उनले सीसीटीभी फुटेजको स्टोरेज क्षमताबारे आफूलाई जानकारी नभएको भन्दै विज्ञसँग सोध्न आग्रह गरेका थिए ।

उनीविरुद्ध छानबिन गर्न ११ सदस्यीय समिति गठन भएको छ । जसले हाल विभिन्न सम्बन्धित व्यक्तिहरुसँग सोधपुछ गरिरहेको छ ।


क्लिकमान्डु