श्रीलंकाः राजपक्षे परिवारको कति छ दबदबा, बर्बादीमा कति जिम्मेवार ?



बीबीसी । श्रीलंकाको राजनीतिमा कुनै परिवारको बर्चस्वको कथा नयाँ होइन । तर राजपक्षे परिवार भने परिवारवादलाई नयाँ उचाइसम्म पुर्याउने परिवारमध्येमा पर्छ ।

श्रीलंकाको राजनीतिमा कुनै समय बण्डारानायके परिवारको दबदबा थियो । यो परिवारबाट सबैभन्दा पहिले सोलोमन बण्डारानायके प्रधानमन्त्री बनेका थिए ।

सोलोमन बण्डारानायको हत्या एक बौद्ध चरमपन्थीले सन् १९५९ सेप्टेम्बर २६ मा गोली प्रहार गरी हत्या गरेका थिए ।

उनको हत्यपछि उनकी पत्नी सिरिमाओ बण्डारानायके राजनीतिमा आएकी थिइन् । सन् १९६० जुलाई २० मा श्रीलंकाका जनताले उनलाई प्रधानमन्त्रीमा चयन गरेका थिए । उनी विश्वको पहिलो महिला प्रधानमन्त्री थिइन् ।

त्यसपछि राजनीतिमा सिरिमाओ बण्डारानायकेकी नातिनी चन्द्रिका बण्डारानायके कुमारतुंग देशको राष्ट्रपति बनिन् ।

उनी श्रीलंकाको राष्ट्रपति बन्ने पहिलो महिला बनिन् । सन् १९९४ मा उनको निधन भयो । तर बण्डारानायके परिवारले कहिल्यै पनि राजपक्षे खानदानले जस्तै पूर्णरुपमा देशमाथि नियन्त्रण भने भएन ।

श्रीलंकामाथि पूर्ण नियन्त्रण
कोलम्बोका एक राजनीतिक टिप्पणीकार जयदेव उयानगोडाले पछिल्लो वर्ष बीबीसी हिन्दीलाई भनेका थिए, ‘श्रीलंकामा पहिले पनि सेनानायके, जयवद्र्धने तथा बण्डारानायके जस्ता राजनीतिक परिवारको दबदबा थियो तर राजपक्षे परिवारले परिवारवादको नयाँ उचाइ छोएको हो ।’

बितेको १५ वर्षमा यो परिवारको राजनीतिमा कैयन उतारचढाव देखिए । तर प्रत्येक पटक यो परिवार कमब्याक हुँदै केन्द्रको राजनीतिक शासनको केन्द्र विन्दुमै पुग्न सफल भयो ।

एकप्रकारले महिन्द्रा राजपक्षे यो खानदानको मुखिया हुन् । यद्यपि उत्तरी श्रीलंकामा तमिल बिद्रोहीका विरुद्ध गृहयुद्धमा आफ्नो विवादास्पद भूमिकापछि उनका भाई गोटाबाया राजपक्षेको कद लगातार बढ्न थाल्यो ।

उनी यतिबेला श्रीलंकाका राष्ट्रपति छन् । श्रीलंकाको सरकारमा राजपक्षेका परिवारका पाँच जना मन्त्री छन् । जसमा चार भाई हुन् भने एक जना भाइका छोरा हुन् ।

राष्ट्रपति गोटाबाया राजपक्षे रक्षा मन्त्री पनि थिए । महिन्द्रा राजपक्षे प्रधानमन्त्री, चमाल राजपक्षे सिँचाइ मन्त्री, बासिल राजपक्षे वित्त मन्त्री, नमल राजपक्षे खेलमन्त्री (महिन्द्रा राजपक्षेका छोरा) थिए ।

जयदेव उयानगोडा भन्छन्, ‘पहिलेका राजनीतिक परिवार सरकार नियन्त्रणमा मात्रै जोड दिन्थे । तर यो परिवारले पूर्णरुपमा व्यवस्था नियन्त्रण गर्न खोज्यो । सबै मन्त्रालय यो परिवारको नियन्त्रणमा छन् । यो व्यवस्था कब्जा गरेको जस्तै हो ।’

यहाँ यो परिवारका केही महत्वपूर्ण सदस्यबारे जानकारी लिऔं ।

महिन्द्रा राजपक्षे
महिन्द्रा राजपक्षे २४ वर्षको उमेरमा सन् १९७० मा पहिलो पटक श्रीलंकाको सांद बनेका थिए । यो उमेरमा एमपी बन्ने उनी हालसम्मकै सबैभन्दा कम उमेरका सांसद हुन् ।

तर राजनीतिमा भने उनी पहिलो राजपक्षे भने थिएनन् । उनका पिता डीए राजपक्षे पनि सन् १९४७ देखि १९६५ सम्म हम्बनटोटाबाट सांसद बनिसकेका थिए ।

महिन्द्रा राजपक्षे तीव्ररुपमा राजनीति सिँढी चढ्दै श्रीलंकाको फ्रिडम पार्टी (एसएलएफपी)का नेता पदसम्म पुगे । सन् २००४ मा उनी छोटो समयका लागि प्रधानमन्त्री समेत बने ।

त्यसको अर्को वर्ष उनी श्रीलंकाका राष्ट्रपति बने । जनवरी २०१० मा पूर्व आर्मी चिफ सनत फोनसेकालाई हराएर उनी दोस्रो पटक राष्ट्रपति बन्न सफल भए ।

राजपक्षेका आलोचकका अनुसार उनको राजनीतिक करिअरमा केही घटनाहरु छन् जसले उनलाई सफल बनाउँदै गयो । उनले राजनीतिक उद्देश्यका लागि कतिपय हिंसाका घटनालाई नजरअन्दाज गरेको आरोप नलागेको होइन । यद्यपि राजपक्षे उक्त आरोप स्वीकार गर्न तयार छैनन् ।

उनका आलोचक उत्तरी श्रीलंकामा तमिल अलगाववादीविरुद्ध शुरु गरिएको अभियानको अवधिमा मानवअधिकारको चर्को उल्लंघनतर्फ संकेत गर्छन् ।

तर राजपक्षेको तर्क भने हतियारबन्द बिद्रोहीहरुको गुट लिबरेसन टाइगर्स अफ तमिल इलम (एलटीटीई) स्वयम्, लडाकु तथा आम मानिसहरुलाई फरक राख्न असफल भएको थियो ।

संयुक्त राष्ट्रले तमिल बिद्रोही तथा श्रीलंकाको सेना दुबैमाथि प्रताडना दिएको आरोप लगाएको थियो ।

राजपक्षे दोस्रो कार्यकालमा सफलताका साथ अगाडि बढ्दै गए । तर देशको बिग्रदो आर्थिक अवस्थाले संयुक्त विपक्षीलाई अवसर दियो र सन् २०१५ मा भएको निर्वाचनमा राजपक्षेले हार बेहोर्नु पर्यो ।

तर सन् २०१९ मा श्रीलंकामा इस्टरको दिन भएको धमाकापछि एकपटक फेरि राजपक्षेलाई देशको राजनीतिकको केन्द्रमा ल्यायो ।

सिंहला मानिसहरुका लागि महिन्द्रा राजपक्षे एक मात्रै यस्तो व्यक्ति थिए । जसले चरमपन्थी र डटेर लड्न सक्थे ।

त्यसपछि भएको निर्वाचनमा महिन्द्रा राजपक्षेका भाइ गाटावाय राजपक्षे, उनको पार्टीको राष्ट्रपति पदका उम्मेदवार बने र जित हासिल गर्न सफल भए ।

गोटावाया राजपक्षे
श्रीलंकाका हालका राष्ट्र नन्दासेना गोटावाया राजपक्षे, श्रीलंकाको सेनामा लेफ्टिनेन्ट कर्नेल रहिसकेका व्यक्ति हुन् ।

सेनाबाट निवृत्त भइसकेपछि गोटावाया सन् १९९८ मा अमेरिका गएका थिए ।

सन् २००५मा आफ्नो जेठो भाई महिन्द्रा राजपक्षेको राष्ट्रपति पदको दौडमा सहयोग गर्नका लागि उनी श्रीलंका फर्किएका थिए । महिन्द्रा राजपक्षेले चुनाव जिते र गोटावायालाई रक्षा सचिवको पद दिए ।

श्रीलंकाको राजनीतिमा राजपक्षे परिवारको नियन्त्रणको यो शुरुवाती प्रक्रिया थियो । उनको अगुवाईमा श्रीलंकाको सेनाले देशमा रहेका तमिल बिद्रोहिको विरुद्ध युद्ध जित्यो ।

एलटीटीईविरुद्ध प्राप्त यो जित विवादले भरिपूर्ण थियो । र, संयुक्त राष्ट्रसम्मले श्रीलंका सरकारमाथि मानअधिकारको उल्लंघनको आरोप लगाएको थियो ।

तर कैयन विवादका बीच उनको शासन चम्किरह्यो । सन् २०१५ मा विपक्षी दल एकजुट भए र राजपक्षे परिवार सत्ताभन्दा बाहिर हुन पुग्यो ।

सन् २०१८ मा आइपुग्दा गोटावाया आफ्नो पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि उम्मेदवार जितिसकेका थिए भने सन्२०१९ मा भएको निर्वाचनमा एक कठोर राष्ट्रवादी इमेचका साथ गोटावाया मैदानमा उत्रिएर निर्वाचन जितेर राष्ट्रपति बन्न सफल भए ।

राजपक्षे अवस्था नियन्त्रण गर्न सफल भए
यो जितपछि राजपक्षे परिवारका कैयन सदस्य बिस्तारै श्रीलंकाको सरकारमा प्रवेश गर्न थाले । तर एक वर्षपछि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको चपेटामा श्रीलंका फस्यो र बिस्तारै आर्थिक संकट शुरु हुन थाल्यो ।

चीन तथा भारतको लगानीपछि पनि श्रीलंकामा आर्थिक अवस्थामा सुधार आउन सकेन । सन् २०२१ को अन्त्यसम्म आइपुग्दा अवस्था नियन्त्रणभन्दा बाहिर पुगेको थियो ।

गोटावायालाई देशमाथि बलियो भएकाले अगाडि बढे । र, श्रीलंका बढ्दो अन्तर्राष्ट्रिय ऋणको जञ्जालमा फस्न शुरु गर्यो ।

श्रीलंकालाई वैदेशिक ऋणको भुक्तानी गर्न समस्या पर्दै गयो । अवस्था यस्तो चक्रमा गएर फस्यो कि श्रीलंका त्यसबाट बाहिर निस्कनै सकेन ।

गोटावायालाई के लाग्यो भने एलटीटीईका विरुद्ध प्राप्त जित तथा पछि राजधानी कोलम्बोको सौदर्यिकरणपछि उनी निकै शक्तिशाली अवस्थामा छन् । तर करमा दिइएको छुट, अर्ग्यानिक खेल्ती जस्ता फैसलाका कारण श्रीलंका संकटको गहिराइमा फस्दै गयो ।

यस वर्षको मार्च ३१ मा उनका निजी निवास अगाडि सयौ प्रदर्शनकारीहरुले एक आक्रमण गरे । सोही दिन स्पष्ट भयो कि अब यो सरकार धेरै समयसम्म टिक्न सक्दैन ।

कैयन संकेतहरुपछि पनि गोटावायाले ‘गोटा गो होम’ नारालाई नजरअन्दाज गरे ।
गोटावायले आफूबाहेक अन्य भाईहरुलाई सरकार छाड्न भने । प्रधानमन्त्री महिन्द्रा राजपक्षे, वित्त मन्त्री बासिल राजपक्षे तथा रक्षामन्त्री चमालले सरकार छाडे ।

बासिल राजपक्षे
बासिल, महिन्द्रा तथा गोटावायका भाई हुन् । उनी आफ्ना भाइ तथा हालसम्म प्रधानमन्त्री रहेका महिन्द्रा राजपक्षे सरकारका वित्त मन्त्री थिए ।

उनी दुई महिना अघि श्रीलंकालाई आर्थिक सहयोग माग्दै भारत पुगेका थिए ।

बासिलले सन् १९७७ को आम निर्वाचनमा भाग लिएका थिए । तर शुरुवाती दिनमा उनले हारको सामना गर्नु परेको थियो ।

सन् २००५ मा मिहन्द्रा राजपक्षेले चुनाव जितेर राष्ट्रपति बपनेपछि उनलाई श्रीलंकाको सांसदमा मनोनित गरिएको थियो । सन् २०१० मा भएको संसदीय निर्वाचनमा उनी सांसद चयन भए ।

पछिल्लो एक वर्ष एकपटक फेरि उनलाई संसदमा मनोनित सदस्य नियुक्त गरिएको थियो । त्यसलगत्तै उनलाई वित्त मन्त्रीको जिम्मेवारी दिइएको थियो । तर बढ्दो वैदेशिक ऋण तथा कोरोनाको मारबाट श्रीलंकाको अर्थव्यवस्था बिग्रन शुरु भइसकेको थियो ।

वासिल राजपक्षेसँग अमेरिकाको पनि नागरिकलाई थियो । त्यसैले संविधानमा संशोधन गरेर उनलाई संसद सदस्य तथा वित्त मन्त्री बनाउनका लागि भएका कानूनी अड्चन पनि हटाइएको थियो ।

बिग्रदो अवस्थाका बीच बासिल संसदबाट टाढा जान थाले । उनीमाथि भ्रष्टाचारका कैयन आरोप समेत लागेका छन् ।

सन् २०१५ मा उनलाई भ्रष्टाचारको आरोपमा पक्राउ समेत गरिएको थियो । उनी आफ्नो भाइको दोस्रो कार्यकालमा आर्थिक विकास मन्त्री समेत भइसकेका थिए । उनीमाथि अन्य २ व्यक्तिसँग मिलेर राज्यको सम्पत्ति हडपेको आरोप लागेको थियो ।

यस्तै भ्रष्टाचारको आरोप महिन्द्रा राजपक्षे तथा गोटावायमाथि पनि लागेको छ । तर परिवारले भने यो बदलाको भावना अनुसार गरिएको दाबी गर्दै आएको छ ।

चमाल राजपक्षे
राजपक्षे भाइहरुमा तेस्रो भाइ हुन् चमाल । उनी आफ्ना भाइहरुको सरकारमा कैयन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाले सकेका छन् । सन् १९८९ मा श्रीलंकामा संसद भएका चमाल विगतमा बन्दरगाह तथा उड्यडन मन्त्रालय सम्हालिसकेका छन् ।

उनी सन् २०१० देखि सन् २०१५ सम्म श्रीलंकाको संसदमा सभामुख समेत भइसकेका व्यक्ति हुन् ।


चमाल खासगरी राजपक्षे भाइहरुमा सबैभन्दा जेठा हुन् । उनी हाल प्रधानमन्त्री महिन्द्रा राजपक्षेको सरकारमा रक्षा मन्त्री थिए ।

चार जना राजपक्षे भाइहरुपछि उनको परिवारका अन्य सदस्य पनि श्रीलंकाको राजनीतिमा प्रवेश गरेका छन् । महिन्द्रा राजपक्षेका छोरा नमल राजपक्षे श्रीलंकाको खेल मन्त्री भइसकेका छन् ।

हालै प्रकाशित समाचार अनुसार नमलकी पत्नी लिमिनी, देशमा राजनीतिक अस्थिरता बढ्दै गएपछि बालबच्चासहित उनी पेरिस पुगेकी छन् ।

कस्तो छ राजपक्षे परिवारको भविष्य ?
राजपक्षे परिवारसँग जोडिएका कम्तीमा १८ जना अहिलेसम्म श्रीलंकाको सरकारको हिस्सा थिए । श्रीलंकामा पछिल्लो साता देखिएको असर राजपक्षे परिवारमाथि निकै देखिन्छ ।

हिंस्रक झडपको असर पनि अहिले देखिन थालिसकेको छ । कैयन राजनेताहरु जनताको बीचमा जानबाट बचिरहेका छन् र सेफ हाउसमा लुकेका छन् ।

महिन्द्रा राजपक्षे जो एक समय तमिल टाइगर बिद्रोहीहरुलाई हराएर सिंहलिया जनताको नजरमा युद्ध नायकभन्दा कम थिएनन् । उनी अहिले भिलेन बनेका छन् ।

खराबभन्दा खराब समयमा पनि राजपक्षे परिवार एक अर्काप्रति उभिन्थे भने अहिले मतभेद खुलेर बाहिर आउन थालेका छन् ।

यो समस्या गोटावाया राजपक्षेले महिन्द्र राजपक्षेसँग राजीनामा मागेदेखि नै शुरु भएको मानिएको छ ।

श्रीलंकाको राजनीतिलाई वर्षौसम्म नियन्त्रणमा लिएको राजपक्षे परिवार वर्तमान संकटबाट श्रीलंकालाई बाहिर निकाल्न सफल भएको छ । यसमा दुईमत छैन ।

श्रीलंकाको आर्थिक स्थिती तथा परिवारप्रति जनआक्रोशपछि यो परिवार फेरि राजनीतिक सत्तामा आउने कल्पना गर्ने अवस्था छैन ।

तर राजनीतिक अनिश्चितताले भरिएको हुन्छ । साथै राजनीतिमा कुनै विशेष व्यक्तिलाई सधैभरीका लागि खारेज गर्नु जोखिमपूर्ण अनुमान हुनसक्छ ।


क्लिकमान्डु