सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । सानिमा बैंक लिमिटेडले असार १० गतेदेखि निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने आज (असार २४ गते) अन्तिम दिन रहेको छ ।

बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्कासन गरेको थियो ।

बैंकले प्रतिकित्ता १ हजार रूपैयाँ अंकित मूल्यका ५० लाख कित्ताले हुन आउने ५ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासनमा ल्याएको हो ।

जसमध्ये ४० प्रतिशत अर्थात २० लाख कित्ताले हुन आउने २ अर्ब रूपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणलाई बाँडफाँड गरिने बैंकले जनाएको छ । यस्तै, बैंकका अनुसार बाँकी रहेको ६० प्रतिशत अर्थात ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने छ ।

बैंकको यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु