भान्साघर र मंगलम ब्रान्डका चामल बेच्ने जयश्रीले फुडस्ले गर्यो एकै वर्ष करिब ३ अर्बको कारोबार



काठमाडौं । भान्साघर र मंगलम ब्रान्डका चामल प्रशोधन गरी बेच्ने जयश्री कम्पनीले एकै वर्ष करिब ३ अर्बको कारोबार गरेको छ । कम्पनीले सन् २०२१ मा २ अर्ब ८२ करोड ५० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२० को तुलनामा करिब २० करोड बढीको कारोबार गरेको छ । जसमा कम्पनीले सन् २०२० मा २ अर्ब ६४ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । साथै, कम्पनीले सन् २०१९ मा २ अर्ब २४ करोड ४० लाख रुपैयाँको चामल बिक्री गरेको थियो ।

कम्पनीअनुसार सन् २०२० को तुलनामा सन् २०२१ मा ६.७१ प्रतिशतले आम्दानी बढेको जनाएको छ । साथै, कम्पनीले सो अवधिमा ५.२६ प्रतिशतले नाफा कमाएको छ । कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा २ अर्ब २७ करोड रुपैयाँको कारोबार गर्ने अनुमान गरेको छ ।

सन् २००९ मा गैडाकोट नवलपरासीमा धान प्रशोधन गर्ने उद्योगको रुपमा स्थापना भएको कम्पनीले चिउरा तथा विभिन्न ब्रान्डका चामल बिक्री वितरण गर्दै आएका छन् । कम्पनीले लङ ग्रेन चामल, जिरा चामल र सवा चामल भान्साघर र मंगलम ब्रान्डमा बिक्री गर्ने गरेको छ ।

कम्पनीले आन्तरिक उत्पादन तथा आयातित कच्चा पदार्थबाट चामल मिल सञ्चालन गर्दै आएका छन् । जसमा कम्पनीले १ केजीदेखि ३० केजीको प्याकेजिङमा चामल बिक्री गर्दै आइरहेको छ ।

त्यस्तै, कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि केयर रेटिङ एजेन्सीले १ अर्ब रुपैयाँको रेटिङ दिएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ करोड ९५ लाख रुपैयाँ अर्थात् ट्रिपल बी माइनस र अल्पकालीन कर्जाका लागि ९८ करोड ५ लाख रुपैयाँ अर्थात् एथ्री रेटिङ पाएको छ ।


क्लिकमान्डु