हकप्रद सेयर निष्कासन गर्न लागेको बरुणले कहिले गर्दैछ बुक क्लोज ?



काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज गर्ने भएको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि साउन २ गते बुक क्लोज गर्ने भएको छ । साउन १ गतेसम्म कायम रहेका सेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले १ः१ अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर निष्कसन गर्ने भएको छ । कम्पनीले केही समयमा हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले हाल कायम रहेको चुक्तापुँजी २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँको शतप्रतिशत (१ः१ अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने छ ।


क्लिकमान्डु