बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्दै



काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने भएको छ । प्रतिष्ठानले असार २० गतेबाट बीमा कार्यक्रम स्थगित गर्ने भएको हो ।

प्रतिष्ठानले २०७४ साउनदेखि बीमा कार्यक्रम लागू गर्दै आएको छ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य उपचार सेवा दिए वापत प्रतिष्ठानले दाबी गरे अनुसारको सम्पूर्ण रकम शोधभर्ना उपलब्ध गराउन र स्वास्थ्य बीमाको कार्यक्रम संचालन गर्दा देखिएका प्राविधिक तथा अन्य समस्याहरूको सहजीकरण नगरेको प्रष्ठिानले जनाएको छ ।

प्रतिष्ठानले दावी गरे अनुसार सम्पूर्ण रकम शोधभर्ना उपलब्ध गराउन र बीमाको कार्यक्रम सञ्चालन गर्दा देखिएका प्राविधिक तथा अन्य समस्याको सहजीकरण गर्न विभिन्न समयमा बोर्डलगायत अन्य सरोकारवालालाई पटक–पटक लिखित एवम् बोर्डमा गई अनुरोध गर्दा समस्याको समाधान नभएको प्रतिष्ठानको भनाइ छ ।

स्वास्थ्य बीमा बोर्डबाट प्रतिष्ठानको अनुरोधलाई वेवास्ता गर्दै दावी प्रक्रियाहरूलाई सहजीकरण नगरि प्रतिष्ठानले गरेका दावीहरूलाई एकतर्फि रूपमा विविध शर्त/बन्देहरू लगाई दावीहरूलाई भ्यालुएसन र रिजेक्सन गर्ने गरेको आरोप लगाएको छ ।

प्रथिष्ठानले दैनिक रूपमा प्रतिष्ठानमा उपचारका लागि आउने हजारौंको संख्याका बिरामीहरूलाई स्वास्थ्य उपचार सेवा पुर्याए वापत प्राप्त गर्नुपर्ने नियमित आम्दानीको लगभग ७० प्रतिशत रकम समयमा नै प्राप्त हुन नसकेको प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीको भनाइ छ ।

जसले गर्दा प्रतिष्ठानमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ तथा अन्य कर्मचारीहरूको नियमति तलब भत्ता लगायतका दैनिक प्रशासनिक खर्च एंव अस्पतालाको दैनिक संचालन खर्चमा समेत प्रतिकुल असर पुर्याएको प्रतिष्ठानका उपकुलपति गिरीले बताए ।

स्वास्थ्य बीमा बोर्डले प्रतिष्ठानलाई प्रदान गर्नुपर्ने सम्पूर्ण दावी रकमको भुक्तानी अविलम्ब गरे असार २० गतेबाट बीमामार्फत बहिरङ्ग, आकस्मिक तथा अन्तरङ्ग दिईने सम्पूर्ण सेवाहरू स्थगन गरिने उनको भनाइ छ ।


क्लिकमान्डु