किन रोकियो नेपाल हाईड्रो डेभलोपरको विशेष साधारणसभा ?

154
Shares

काठमाडौं । नेपाल हाईड्रो डेभलोपरले सोमबार बोलाएको विशेष साधारणसभा स्थगत भएको छ ।

असार १३ गतेका लागि बोलाएको विशेष साधारणसभामा गणपुरक संख्या नपुगेका कारण सभा स्थगन भएको हो । सोमबार विशेष साधारणसभा स्थगत भएपछि असार २९ गतेका लागि बोलाइएको छ । उक्त दिन कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजारमा बस्नेछ ।

कम्पनीले नियमावलीको नियम २३ संशोधन गर्न, नियमावलीको नियम २७ को उपनियम ३ (१) संशोधन गर्ने जनाएको छ । यस्तै कम्पनीको नियमावलीमा भएको संशोधनमा नियमानकारी नियकाबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जन गर्न कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुरुपगर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने सम्बन्धमा सभा बोलाएको जनाएको छ ।