युएईका अधिराजकुमारले दिए व्यवसायी दुर्गा प्रसाईँलाई सुनको लौरो उपहार



झापा । नेपाल भ्रमणमा आएका संयुक्त अरब इमिरेट्स (यूएई) का अधिराजकुमार जुमा अल मोक्तुमले व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन् ।

श्री एरलाइन्सको चार्टर विमानमार्फत झापास्थित चन्द्रगढी विमानस्थलमा ओर्लेका अधिराजकुमारले आफूलाई स्वागत गर्न पुगेका प्रसाईंलाई सुनको लौरो उपहारमा दिएका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रसाईंले झापामा बिएण्डसी मेडिकल कलेज र क्यान्सर हस्पिटल खोलेका छन् ।

युएईका अधिराजकुमार झापामा दुईदिन बस्ने कार्यतालिका छ । उनले प्रसाईंको लगानीमा रहेको क्यान्सर हस्पिटलको पेट सिटी स्क्यान मेसिनको उद्घाटन गर्ने छन् ।


क्लिकमान्डु