सिटिजन्स बैंकका ग्राहकले मनकामना हस्पिटलमा १५% छुट पाउने



काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले भरतपुर, चितवन स्थित मनकामना हस्पिटलमा १५ प्रतिशत छुट पाउने भएका छन् ।

बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त हस्ताक्षर भएसँगै बैंकका कार्डबाहक सेवाग्राहीले मनकामना हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको छ । आफ्ना कार्डबाहकहरुको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै बंैकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था बैंकले विभिन्न बचत खातामा गरेको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु