काठमाडौंका मेयर बालेन्द्रलाई प्रधानमन्त्रीले भनेः फोहर व्यवस्थापनमा मिलेर काम गर्ने हो



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहबीच फोहर व्यवस्थापनको छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले मेयर शाहसँग फोहर व्यवस्थापनको विषयमा जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले फोहर व्यवस्थापनमा सरकारको साथ रहनेभन्दै बञ्चरडाडाका स्थानीयबासी र जनप्रतिनिधिसँग छलफल गरेर दीर्घकालिन समाधान निकाल्न लागेको जानकारी मेयर शाहलाई गराएका थिए ।

पछिल्लो दुईसातादेखि काठमाडौं उपत्यकाको फोहर उठेको छैन । काठमाडौं उपत्यकामा सबैभन्दा बढी काठमाडौं महानगरपालिकाबाट फोहर निस्कने गरेको छ ।


क्लिकमान्डु