कोरोना प्रभावित बेरोजगारलाई तालिम दिन ३१ करोड ७३ लाख बजेट



काठमाडौं । सरकारले तीन प्रदेशका १६ जिल्लामा सीपमुलक तालिम दिने भएको छ ।

कोरोना महामारीले रोजगार गुमाएर स्वदेश फर्किएका व्यक्तिलाई समेत लक्षित गर्दै सीपमुलक तालिम दिँदै स्वरोजगारका अवसर सिर्जना गर्ने उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको योजना छ ।

ग्रामीण गरिबी तथा रोजगार सिर्जना आयोजना अन्तर्गत ‘समृद्धि कार्यक्रम’मार्फत् सीपमुलक तालिम दिने सरकारको योजना छ । ग्रामीण क्षेत्रमा रहेका पुराना प्रविधि प्रयोग गर्दै व्यवसायीक सामान उत्पादन गराउने र ग्रामीण क्षेत्रमा उद्यमी बनाउने उद्देश्यले सीपमुलक तथा व्यवसायिक तालिम सञ्चालन गरिने उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल बताउँछन् ।

आगामी आर्थिक वर्षमा प्रदेश नम्बर १ को सुनसरी, मोरङ्ग, धनकुटा, तेह्रथुम, भोजपुर, उदयपुर, ओखलढुंङ्गा र खोटाङ्ग जिल्लामा व्यवसायिक तालिम सञ्चालन गर्ने सरकारको योजना छ ।

यस्तै मधेश प्रदेशको सिराहा, सप्तरी, धनुषा, सर्लाही, रौतहट, बारा र महोत्तरी जिल्लामा तालिम सञ्चालन गर्ने उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको वार्षिक कार्यक्रममा उल्लेख छ । यस्तै बाग्मती प्रदेशको सिन्धुली जिल्लामा व्यवसायिक तथा सीपमुलक तालिम दिने योजना छ ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले यो कार्यक्रम कार्यान्वयन गर्न ३१ करोड ७३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।


क्लिकमान्डु