गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः गोरखकाली उद्योग चलाउनेदेखि हनिमुन गन्तव्य बनाउनेसम्म



काठमाडौं । गण्डकी प्रदेश सरकारले प्रदेशलाई हनिमुन टुरिजमको गन्तव्यका रुपमा प्रवर्द्धन गर्ने भएको छ ।

आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश सरकारले गण्डकी प्रदेशका केही गन्तव्यलाई हनिमुन गन्तव्य स्थलका रुपमा विकास गरिने उल्लेख छ ।

पर्यटकको सुरक्षालाई प्रदेशको उच्च प्राथमिकतामा रहने भन्दै नीति तथा कार्यक्रममा प्रदेशमा रहेका पदमार्गको विद्युतीय अनुमन बढाइ पदयात्रुहरुको सुरक्षा सुनिश्चित गर्ने तथा पर्यटकको आपतकालिन उद्दारका लागि आवश्यक प्रबन्ध मिलाउन निजी क्षेत्र र स्थानीय तहसँग सहकार्य गरिने उल्लेख छ ।

साथै, प्रदेश सरकारले नीति तथा कार्यक्रममा गोखराकाली टायर उद्योगलाई पुनः सञ्चालनमा ल्याउनका लागि सरकारसँग पहल गरिने समेत उल्लेख छ ।

साथै यस उद्योगलाई आवश्यक कच्चा पदार्थ उत्पादनका सम्भाव्यता पहिचान गरिने र भृकुटी कागज कारखानामा रहेको स्थलमा न्यून प्रदुषणयुक्त उत्पादनमुलक र सेवामुलक उद्याग सञ्चालनमा ल्याउनका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने समेत नीति लिइने उल्लेख छ ।


क्लिकमान्डु