५ भन्सार नाकामा प्रयोगशाला स्तरोन्नतीका लागि २३ करोड बजेट



काठमाडौं । सरकारले भन्सार विभाग तथा अन्तर्गतका निकायहरुका रहेको प्रयोगशाला स्तरोन्नतीका लागि २३ करोड बजेट विनियोजन गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७९/८० मा विभिन्न स्थानमा रहेका भन्सार कार्यालयहरूको प्रयोगशाला स्तरोन्नतीका लागि सो बजेट विनियोजन गरेको हो ।

भन्सार विभागा निर्देशक एवं प्रवक्ता पुण्य विक्रम खड्काले भैरहवा, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, चौभारलगायतको भन्सार कार्यालयको प्रयोगशाला स्तरोन्नती गर्ने बताए ।

उनकाअनुसार चोभारमा हालै भन्सार कार्यालय खुलेको छ । त्यसमा पनि प्रयोगशालाको व्यवस्था गर्नुपर्ने छ । साथै, विभागको पनि कुनै नयाँ प्रयोगशाला जडान गर्नुपर्ने हुन्छ । सो क्षेत्रमा उक्त बजेट खर्च हुनेछ ।

‘अहिले ४ वटा भन्सार कार्यालयमा प्रयोगशाला छ । स्रोत साधन सीमित छ । त्यसलाई स्तरीय बनाउनका लागि सो बजेट विनियोजन गरेको हो,’ उनले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु