प्रधानमन्त्रीको निर्देशनपछि सेयर बजारप्रति सफ्ट भए गभर्नर अधिकारी, समस्या समाधान गर्ने आश्वासन



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजारमा देखिएको समस्या समाधान गर्ने आश्वासन दिएका छन् ।

केहीदिन अघि प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर अधिकारीलाई फोन गरेर सेयर बजारको समस्या समाधान गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्री देउवाको निर्देशनपछि गभर्नर अधिकारी सेयर बजारप्रति निकै सफ्ट देखिएका छन् ।

लगानीकर्ताहरुले गभर्नर पुँजी बजारप्रति नकरात्मक भएकाले बजार घटेको आरोप लगाउँदै आएका छन् ।

पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिसँगको भेटमा गभर्नर अधिकारीले लगानीकर्ताको समस्यालाई आफूले गम्भिर रुपले लिएको अध्ययन गरेर समस्या समाधानको लागि सहजिकरण गर्ने बताएका छन् ।

संघ अध्यक्ष राधा पोखेरलको नेतृत्वमा गएको टोलीले गभर्नर अधिकारीसँग सेयर कर्जामा ४/१२ को सीमा हटाउनुपर्ने तथा सीसीडी हटाएर सीडीमा जानुपर्ने लगायतका विषय उल्लेख छन् ।


क्लिकमान्डु