जलविद्युतमा १६ अर्ब लगानी स्वीकृत गर्ने लगानी बोर्डको निर्णय



लगानी बोर्डको बैठकले जलविद्युतमा १६ अर्ब लगानी स्वीकार गर्ने निर्णय गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत शुसील भट्टले बोर्ड बैठकले १०० मेगावाटको तामाकोसी ५ र ४० मेगावाटको रौघाट जलविद्युत आयोजनाको लागि १६ अर्बको लगानी स्वीकृत गरेको जानकारी दिए ।

लगानी बोर्डको बैठकको कार्यसूची दुईवटा लगानी स्वीकृतिको थियो । तामाकोसी ५ करिव १०० मेगावटको जलविद्युत आयोजनाका लागि साढे १६ अर्बको लगानी स्वीकृति गरेका छौं ।

त्यस्तै रौघाट जलविद्युत परियोजना ४० मेगावटको जसमा रौगंगा जलविद्युत परियोजना कम्पनीमार्फत प्रवद्र्धित छ । त्यो परियोजनामा लगानी स्वीकृत गरेका छौं,’भट्टले भने ।

त्यस्तै अपर कर्णाली वित्तीय व्यवस्थापन म्याद थप सम्बन्धि आवश्यक निर्देशन बोर्डबाट प्राप्त भएको छ । प्रमुख कार्यकारी अधिकृत भट्टले अपर कर्णाली वित्तीय व्यवस्थापन म्याद थप सम्बन्धि आवश्यक निर्देशन पनि बोर्डबाट प्राप्त भएको बताए ।


क्लिकमान्डु