तुरुन्तै पेट्रोलियम पदार्थ ऐन बनाउनु पर्छ: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले पेट्रोलियम पदार्थसम्बन्धी देखिएका समस्याहरु समाधान गर्न ‘पेट्रोलियम पदार्थ सम्बन्धी ऐन बनाउन माग गरेका छन् ।

शुक्रबार संसदमा अति महत्वपूर्ण विषयमाथि छलफल गर्दै थापाले पेट्रोलियम पदार्थ सम्बन्धी ऐन भएमा मात्र अगाडि बाटो देखाउन सक्ने बताए ।

साथै, सरकारले पेट्रोलिय पदार्थमाथि लगाएका विभिन्न करहरु हटाएर भए पनि जनतालाई राहत दिनुपर्ने बताए ।

‘हामीले पूर्वाधार कर, भन्सार, प्रदूषण, सडक मर्मत कर लगाएका छौं,’ थापाले भने, ‘यो कर घटाएर भए पनि जनतलाई राहत दिनैपर्छ ।’

साथै खपत कम गर्ने उपाय पनि खोज्नु पर्ने र स्टोरेज क्षमता बढाउनु पर्ने बताए । क्रुड तेल र रिफाइन तेलको मूल्य धेरै फरक छ । क्रुड तेल किनेर राख्ने व्यवस्थामा पनि सोच्नु पर्ने उनले बताए ।

सबैभन्दा महत्वपूर्ण कुरा नेपालले आजकै मितिदेखि पेट्रोल, डिजेल, एलपी ग्याँसमुक्त देश बनाउन लाग्नुपर्ने उनले बताए ।

‘हामीले पाँच सात वर्षमा पेट्रोलियमुक्त देश बनाउनुपर्छ,’ अधिकारीले भने, ‘यसो गर्न सकेमात्र हामी बाच्न सक्छौं ।’

रुस र युक्रेनको युद्धले विश्वको आपूर्ति चेनलाई प्रभावित गरेको भन्दै यसले नेपाललाई प्रभावित गरिरहेको बताए ।


क्लिकमान्डु