भरतपुरकी मेयर रेनु दाहाल चढेको गाडी बिजुलीको पोलमा ठोक्कियो



काठमाडौं । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल सडक दुर्घटनामा परेकी छन् ।

उनी सवार गाडीको टायर पञ्चर भएर अनियन्त्रित हुँदा बिजुलीको पोलमा ठोक्किएको छ । दुर्घटनामा दाहालको टाउकोमा सामान्य चोट लागेको छ ।

दाहाल सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी शुक्रबार दिउँसो ललितपुरको जाउलाखेलमा दुर्घटना भएको हो । सिटी स्याक्यान गर्दा घाउ बाहिरी छालामा मात्र लागेको देखिएकाले डिचास्चार्ज गर्न लागिएको उनकी बहिनी गंगा दाहालले जानकारी दिइन् ।


क्लिकमान्डु