बससेवामार्फत् टिकट काट्दा ज्ञवाली, खड्का र जोशीले पाए सुनको असर्फी



काठमाडौं । अनलाइनमार्फत् बसको टिकट खरिद गर्ने तीन जनाले सुनको असर्फी पाएका छन् ।

बससेवा डटकमले स्थानीय तहको निर्वाचनलार्ई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनामा अनलाइनमार्फत् टिकट बुकिङ गर्ने तनहुँका नविन जोशी, बुटवलका विक्रम ज्ञवाली र चितवनका मेघराज खड्काले सुनको असर्फी जित्न सफल भएका हुन् ।

यसैगरी २० जना यात्रुले क्यूएफएक्स मुभी टिकट जित्न सफल भएका छन् भने २७ जना यात्रुले अल्टिमेट वाटर एडभेन्चर्सको नारायणी नदिमा मोटरबोट टिकट प्राप्त गरेका छन् ।

उपहार विजेताहरु बुधवार गोलाप्रथामार्फत् चयन गरिएको थियो । गोलाप्रथा कार्यक्रमको प्रत्यक्ष प्रसारण बससेवाको फेसबुक पेजमार्फत् गरिएको थियो ।

बससेवाले बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित गर्दै विशेष अफर सार्बजनिक गरेको थियो ।

अफरमा वैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बससेवामार्फत् टिकट काट्ने यात्रु सहभागी रहेका थिए । बससेवाले आगामी दिनमा पनि यात्रु लक्षित विभिन्न अफर सार्वजनिक गर्दै लैजाने जनाएको छ ।

बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ ।

यात्रुहरूले बससेवा डटकम, बससेवाको मोबाइल एप्लिकेशन तथा इसेवा, फोनपे, खल्ती, प्रभुपेलगायत नजिकै रहेका साइबर, कम्युनिकेशन तथा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत् अनलाइन टिकट काट्न सकिनेछ ।


क्लिकमान्डु