काठमाडौं महानगरको मेयरमा बालेन साह विजयी



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह विजयी भएका छन् ।

लौरो चिन्ह लिएर निर्वाचनमा होमिएका साहले १९ हजार ३२३ मतगणना बाँकी छँदै विजयी भएका हुन् ।

साहले हालसम्म गणना भएको १ लाख ७१ हजार ८०२ मतमध्ये ५५ हजार ७४७ प्रतिशत मत प्राप्त गरेका छन् । अब बाँकी १९ हजार ३२३ मत गणना गर्न बाँकी छ । यद्यपि साहले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकि उम्मेदवार सिर्जना सिंहभन्दा २० हजार ३७६ मतले अगाडि छन् ।

सिंहले ३५ हजार ३७१ मत प्राप्त गरेकी छन् भने तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार केशव स्थापितले ३४ हजार ६२६ मत प्राप्त गरेका छन् ।

हाल वडा नम्बर १३, १४, १५, १६ र १७ को मतगणना बाँकी छ ।


क्लिकमान्डु