सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो



काठमाडौं । तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

आइतबारदेखि मंगलबारसम्म छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएकोमा बुधबार २ सय रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तेवाजी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ रुपैयाँ कायम भएकोमा बुधबार ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ कायम भएकोमा बुधबार ५ रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु