वनजन्य वस्तुको आयातमा निरुत्साहित गर्ने सरकारको घोषणा



काठमाडौं । सरकारले वनजन्य वस्तुको आयातमा निरुत्साहित गर्ने घोषणा गरेको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०८९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वनजन्य वस्तुको आयातमा निरुत्साहित गर्ने बताएकी हुन् ।

भण्डारीले वनको दीगो व्यवस्थापन गरी वन पैदावरामा आत्मनिर्भर हुने काठ दाउराको नियमित आपूर्ति गर्ने र वनजन्य उद्यम विकास तथा विस्तार गर्ने व्यवस्था मिलाइने बताइन् ।

साथै, अर्थतन्त्रमा योगदान पुर्याउने गरी उत्पादन र रोजगारमुलक बनाउन कानुनको प्रबन्ध गर्ने उल्लेख गरिन् ।


क्लिकमान्डु