उपत्यकामा एकीकृत सार्वजनिक यातायात कार्यक्रम सञ्चालन गर्ने



काठमाडौं । काठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रणाली सुधार गर्न एकीकृत सार्वजनिक यातायात कार्यक्रम सञ्चालन गरिने भएको छ । 

सरकारले काठमाडौं उपत्यका विभिन्न स्थानीय तहसँग समन्वय गरेर उक्त कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

 राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।


क्लिकमान्डु