सरकारले रबर खेतीलाई प्रोत्साहन दिने
काठमाडौं । सरकारले व्यवसायिक रबर खेतीलाई प्रोत्साहन गर्ने भएको छ ।
कृषि खेती बढाउने नीतिअनुसार रबर खेतीलाई प्रवद्र्धन गर्न लागिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै रबर खेती कार्यक्रम ल्याउने बताइन् ।
त्यस्तै, कृषिमा डिजिटल प्रवधिको प्रयोगलाई बढाउने बताइन ।