लेभ्निङ स्कुटरको शोरुम भिजिट गर्नेले सलमान खानको शो टिकट र इलेक्ट्रिक स्कुटर पाउन सक्ने



काठमाडौं । चिनियाँ इलेक्ट्रिक स्कुटर लेभ्निङको शोरुम भिजिट गर्दा सलमान खान शोको टिकट पाउन सक्ने छन् । साथै, एकजनाले लेभ्निङ इलेक्ट्रिक स्कुटर समेत पाउने कम्पनीको भनाइ छ ।

लेभ्निङ इलेक्ट्रिक स्कुटरका आधिारिक वितरक बज्र ग्रुप अन्तर्गतको इभी नेपाल मोटर्सले यो स्किम ल्याएको हो ।

जसअनुसार लेभ्निङका कुनै पनि शोरुम भिजिट गर्दा लक्की ड्रमार्फत् २ वटा सलमान खान शोको टिकट पाउन सकिने छ भने बम्परमा एक जनाले सो इलेक्ट्रिक स्कुटर पाउने छन् ।

शोरुममा गएर ग्राहकले स्कुटर टेस्ट राइड गर्नुका साथै एउटा फारम भर्नु पर्नेछ ।

आगामी मे २८ अर्थात जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने ‘टुबोर्ग द–बङ द टुर – रिलोडेड’ नामक सलमान खान शोलाई लक्षित गरी यो स्किम ल्याएको बताइएको छ ।


क्लिकमान्डु