सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढ्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम भएकोमा आइतबार ७ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम भएकोमा आइतबार ९७ हजार ५ सय रुपैयाँँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ कायम भएकोमा आइतबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु