अवसर पाए अर्थ होइन, उद्योगमन्त्री बन्छुः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अवसर पाए आफ्नो प्राथमिकतामा अर्थभन्दा पनि उद्योग मन्त्रालय हुने बताएका छन् ।

योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेको पुस्तक अतृप्त अवसरको विमोचनमा थापाले भने, ‘उद्योगमा धेरै समस्या छन्, अहिलेको प्राथमिकता उद्योगमा हुनु जरुरी छ ।’

उनले उद्योगको विकास नै मुलुकको विकास हुने भएकाले त्यसतर्फ ध्यान दिनु आजको आवश्यकता रहेको बताए ।


क्लिकमान्डु