मार्जिन कारोबार गर्न १५ वटा ब्रोकर कम्पनीले गरे सम्झौता नवीकरण



काठमाडौं । १५ वटा ब्रोकर कम्पनीले मार्जिन कारोबारका लागि नवीकरण गरेका छन् । उनीहरुले लगानीकर्तालाई मार्जिन कारोबारको सुविधा दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नवीकरण सम्झौता गरेका छन् ।

यसअघि नै २२ वटा कम्पनीको मार्जिन कारोबार सुविधा दिन तयार भएर नेप्सेमा आवेदन दिएका थिए ।

उक्त कार्यविधि संशोधन नभएपछि कार्यान्वयमा आएको थिएन । अहिले धितोपत्र बोर्डले कार्यविधि संशोधन गरेर नेप्सेले उक्त कार्यविधि कार्यान्वयन गर्न निर्देशन दिएसँगै १५ वटा कम्पनीले पुरानो सम्झौता नवीकरण गरेका छन् ।

नेप्सेले वैशाख १४ गतेको निर्णय अनुसार सबै ब्रोकर कम्पनीलाई संशोधित भएको कार्यविधि लागू गर्नु भनेर १५ गते निर्देशन दिइसकेको छ ।

सोही निर्देशन अनुसार नै ब्रोकरले लगानीकर्तालाई मार्जिनको सुविधा दिन पुरानो सम्झौता नवीकरण गरेका हुन् । अन्य कम्पनी पनि सम्झौता नवीकरण गर्न आउने तयारीमा रहेको र थप केही नयाँ ब्रोकरले पनि यसमा चासो देखाएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीको भनाइ छ ।

उनका अनुसार पुरानो सम्झौता नवीकरण गर्न अब ७ वटा कम्पनी बाँकी छन् ।

उनका अनुसार अहिलेसम्म ब्रोकर नम्बर १६ प्राइमो सेक्युरिटिज, ब्रोकर नम्बर २५ श्वेता सेक्युरिटिज, ब्रोकर नम्बर ३३ दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिज, ब्रोकर नम्बर ३५ कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले पुरानो सम्झौता नवीकरण गरेका छन् ।

यस्तै ब्रोकर नम्बर ३६ सेक्योर्ड सेक्युरिटिज, ब्रोकर नम्बर ३८ दिपशिखा धितोपत्र कारोबार कम्पनी, ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटिज, ब्रोकर नम्बर ४४ डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिज छन् ।

यस्तै ब्रोकर नम्बर ४५ इम्पेरीयल सेक्युरिटिज, ब्रोकर नम्बर ४७ निभा सेक्युरिटिज, ब्रोकर नम्बर ५० क्रिष्टल कन्चंनजंगा सेक्युरिटिज, ब्रोकर नम्बर ५७ आर्यातारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, ब्रोकर नम्बर ५६ श्रीहरि सेक्युरिटिज, ब्रोकर नम्बर ५९ दिव्या सेक्युरिटिज एण्ड स्टक हाउसले पुराना सम्झौता नवीकरण गरेको छ ।


क्लिकमान्डु