सातामा प्रणालीबाट बाहिरियो ४ अर्ब निक्षेप, कर्जा लगानी पनि घट्दै



काठमाडौं । बैंकिङ प्रणालीबाट एक साताको अवधिमा ४ अर्ब निक्षेप बाहिरिएको छ ।

बैंकर्स संघका अनुसार वैशाख ३० गतेसम्ममा आइपुग्दा ४ अर्ब रुपैयाँ बाहिरिएको हो । वैशाख २३ गतेसम्म प्रणालीमा ४३ खर्ब ७३ अर्ब ४६ करोड निक्षेप रहेकोमा वैशाख ३० गतेसम्म आइपुग्दा करिब ४ अर्ब रुपैयाँले घटेर ४३ खर्ब ६९ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।

यस्तै यो एक साताको अवधिमा कर्जा प्रवाह पनि २ अर्ब रुपैयाँले घटेको छ । वैशाख २३ गतेसम्म ४१ खर्ब ९३ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह भएकोमा ३० गतेसम्म आइपुग्दा २ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ९१ अर्ब रुपैयाँमा सिमित भएको छ ।


क्लिकमान्डु