राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने



काठमाडौं । राष्ट्र बैंकले २ वर्ष अवधिको लागि १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले बिहीबार विकास ऋणपत्र २०८१ ‘ङ’ (२ वर्षे) बिक्री गर्न लागेको हो । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नगारिकले बोलकबोल पेश गर्न पाउनेछन् ।

ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण गर्नुपर्ने छ । यो ऋणपत्र धितो राखेर कर्जा लिन तथा दिन सकिने छ । जेठ ६ गते निष्कासन हुने ऋणपत्रको साँवा भुक्तानी अवधि २०८१ जेठ ६ गते रहेको छ ।

ऋणपत्रमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात ८.५० अर्ब र १.५० अर्ब छुट्याईएको छ ।

यसको ब्याजदर बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्मका कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराईने छ ।


क्लिकमान्डु