भरतपुरमा सुवेदीभन्दा १५ मतले अघि लागिन रेनु



काठमाडौं । स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी चर्चा भएको क्षेत्र हो, भरतपुर ।

भरतपुरमा मतगणना शुरु भएसँगै प्रचण्ड पुत्री रेनु दाहाल र एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा टक्कर चलिरहेको छ । कहिले सुवेदी अघि त कहिले रेनु अघि लाग्दै उनीहरु समान ढंगले अघि बढिरहेका छन् ।

सोमबार राति सवा ९ बजेसम्मको तथ्यांक अनुसार रेनुले सेवेदीलाई १५ मतले पछि पारेकी छन् । रेनुलmे ५ हजार ३ सय ८२ मत प्राप्त गरेकी छन् भने सुवेदीले ५ हजार ३ सय ६७ मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु