भरतुरमा रेनु दाहालले एमालेका बिजय सुवेदीलाई ३ मतले पछि पारिन्



काठमाडौं । लगातारजसो दोस्रो हुँदै आएकी भरतपुर महानगरपालिकाकी गठबन्धनका तर्फबाट मेयरका लागि माओवादीकी उम्मेदवार रेनु दाहाल अत्यत्नै झिनो मतले अघि लागेकी छन् । राप्रपा एमाले गठबन्धनका तर्फबाट एमालेका मेयरका उम्मेदवार बिजय सुवेदीलाई रेनुले ३ मतले पछि पारेकी छन् ।

पछिल्लो मत परिणामअनुसार रेनुले ५३ सय १३ मत प्राप्त गरेकी छन् भने सुवेदीले ५३ सय १० मत प्राप्त गरेका छन् ।

एमालेका उम्मेदवार सुवेदील आज ७१ सम्मले रेनुलाई पछि पारेका थिए । रात परेपछि रेनुले मतान्तर कम गर्दै झिनो मतले सुवेदीलाई पछि पारेकी हुन् ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले २५ सय ३६ मत ल्याएका छन् । कांग्रेसका बागी उम्मेदवारका कारण भरतपुरमा रेनुलाई निकै सकस परेको छ ।

यसअघिको निर्वाचनमा पनि रेनुले हार्ने भएपछि माओवादी कार्यकर्ताले मतपत्र च्यात्ने र चपाउने कार्य गरेका थिए । दोस्रो पटक भएको निर्वाचनमा मात्रै रेनुले जितेकी थिइन् । यो पटक पनि माओवादीबाट मतगणना जोगाउन सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ ।

अघिल्लो चुनावमा मतगणनामा बसेका रेणुका प्रतिनिधिले मतपत्र च्यात्ने र चपाउने गरेका कारण यो चुनावमा गणनास्थलमा दलका प्रतिनिधिलाई प्रवेश दिइएको छैन । तारजालीले बलियोसँग बारेको बारभित्र कर्मचारीहरुले मत गन्छन् । तारजाली बाहिर बसेका दलका प्रतिनिधिलाई देखाउँछन् ।

रेनु माओवादी अध्यक्ष प्रचण्डकी छोरी समेत हुन् । मौन अवधिमा समेत प्रचण्डले चितवनमै बसेर निर्वाचन आचार संहिताविपरित रेनुको पक्षमा भोट मागेका थिए ।

त्यतिमात्रै होइन, रेनुलाई गठबन्धनका तर्फबाट भोट माग्नका लागि गरिएको आमसभामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकैअघि कांग्रेसीहरुले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जानसक्ने खतरा रहेको भन्दै मतदातालाई धम्क्याएका थिए ।


क्लिकमान्डु