भरतपुर महानगरमा काँग्रेसका बागी पौडेलले पाए २१३१ मत, अरुको कति ?



काठमाडौं । भरतपुर महानगरपालिकामा स्वतन्त्र भनिएका काँग्रेसका बागी उम्मेदवारले २ हजार १३१ मत पाएका छन् ।

महानगरमा स्वतन्त्र रुपमा उठेका जगन्नाथ पौडेलले २ हजार १३१ मत मात्रै पाएका हुन् ।

५ दलिय गठबन्धनले माओवादी केन्द्रकी अध्यक्ष रेनु दाहाललाई पुनः मेयरको टिकट दियो । त्यसपछि विरोध स्वरुप काँग्रेसका नेता पौडेलले स्वतन्त्र भनिएपनि रेनु विरुद्ध बागी उम्मेदवारी दिएका हुन् । उनलाई हटाउन गृहमन्त्री बालकृष्ण खाण समेत पुगेका थिए । कसैको भनाइ नमानी मेयरमा उम्मेदवारी दिएका हुन् ।

हाल उनी तेस्रो स्थानमा रहेका छन् । पहिलो स्थानमा नेकपा एमालेका विजय सुवेदी रहेका छन् । उनले ४ हजार ७५७ मत पाएका छन् भने संयुक्त गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहालको ४ हजार ७०३ मत रहेको छ । हाल मतगणना जारी रहेको छ ।


क्लिकमान्डु